Select Menu
Select Menu



अप्रेशन : समाचार

अप्रेशन : अन्तराष्ट्रिय

अप्रेशन : खेलकुद

अप्रेशन : आर्थिक

अप्रेशन : पत्रपत्रिका

अप्रेशन : बिचार/अन्तरवार्ता

अप्रेशन : रोचक / बिचित्र

अप्रेशन : मिडिया

अप्रेशन : प्रबिधि

अप्रेशन : मनोरंजन बिविद

अप्रेशन :भिडियो ग्यालरी

काठमाडौँ - कुमारी बैंक लिमिटेड बैंक तथा वित्तीय संस्था ऐन विपरित चलिरहेको खुलासा भएको छ । बैंक तथा वित्तीय संस्था ऐन अनुसार संचालक समितिमा बस्न अयोग्य भएपनि झण्डै एक वर्षदेखि फरार भनिएका केएल दुुगड ग्रुपका सञ्चालक नरेश दुुगड कुमारी बैंकमा सञ्चालक समितिमा रहेका छन् । उनलाई कालोबजारी तथा ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै पक्राउ पुुर्जी जारी गरेको थियो । यसरी अदालतले दोषी ठहर गरेको व्यक्ति संचालक समितिमा बस्न पाउँदैन भन्ने स्पष्ट व्यवस्था 'बाफिया' मा छ ।

कस्तो छ यससम्बन्धि बाफियाको प्रावधान ?
बैंक तथा वित्तीय संस्था ऐन २०६३ को परिक्षेद १ : प्रारम्भिक अन्तर्गत सेक्सन १८ को 'ठ' नम्बर बुँदामा 'चोरी, ठगी, किर्ते, जालसाजी, भ्रष्टाचार, नैतिक पतन देखिने कुनैपनि फौजदारी कसुर वा बैंकिङ्ग कसुर गरेको अभियोगमा नेपाल वा विदेशी मुलुकको अदालतबाट कसुरदार ठहर भई सजाय भुक्तान भएको दश वर्ष अवधि व्यतित नभएको' हकमा संचालक समितिमा बस्न नपाइने भन्न स्पष्ट व्यवस्था छ  भने सोहि सेक्सनको बुँदा नम्बर 'ण' मा ' अदालतको फैसला बमोजिम लागेको कैद, जरिवाना तिर्न बुझाउन बाँकी रहेको, सरकारी बाँकी तिर्न बुझाउन बाँकी रहेको' हकमा संचालक समितिमा बस्न नपाइने भन्ने स्पष्ट व्यवस्था छ । दुगड ग्रुपका सञ्चालक समेत रहेका कुमारी बैंक लिमिटेडका सञ्चालक नरेश दुगड बाफियामा रहेको यहि परिक्षेद १ : प्रारम्भिक अन्तर्गत सेक्सन १८ को 'ण' नम्बर बुँदाअन्तर्गत सञ्चालक समितिमा बस्न 'अयोग्य' छन् । तर उनलाई कुमारी बैंक लिमिटेडले अझै संचालक समितिबाट हटाएको छैन । 


को को छन् अहिले कुमारीको सञ्चालक समितिमा ?
कुमारी बैंक लिमिटेडमा हाल सन्तोषकुमार लामाको अध्यक्षतामा डा. शोभाकान्त ढकाल, उत्तमप्रसाद भट्टराई, नरेश दुुगड, विनोद दवाडी र पुुनराम भण्डारीसहितको छ सदस्यीय सञ्चालक समिति रहेको छ । यसमध्ये नरेश संस्थापक सेयरधनी समूहका तर्फबाट बैंकमा सञ्चालक रहेका हुुन् ।  यीमध्ये नरेश दुगड संचालक समितिमा बस्न अयोग्य छन् । यसबीचमा अदालातले दोषी ठहर गरेका दुगडलाई संचालक समितिमा हटाउने वा के गर्ने भन्ने विषयमा बैंकमा कुनै पनि खालको बैठक नबसेको स्रोतको दावी छ । यसरी बैंकका अन्य संचालकहरुले पनि दुगडलाइ बचाउन खोज्नुले बैंकभित्र दुगडलाइ लिएर केहि पाकीरहेको छ भन्ने आशंका गरिएको छ । अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनी भूमिगत छन् । प्रहरीले उनको खोजी गरिरहेको बताएको छ भने बैंक यस विषयमा मौन छ ।   
  

के थियो उनीविरुद्धको मुद्धा ?
कुमारीको संचालक समितिमा बस्न 'अयोग्य' ठहर भएर पनि बसीरहेका दुगडलाई कालोबजारी गरेको भन्दै अदालतले दोषी ठहर गरेको थियो । नेपालमा भारतले गरेको अघोषित नाकाबन्दीको समयमा केएल दुुगड ग्रुपको काठमाडौंको जडिबुुटीस्थित गोदाममा प्रहरी र गुणस्तर तथा नापतौल विभागले छापा मार्दा प्रचलित बजार मूल्यभन्दा उच्चरुपमा मूल्य बढाएर बेच्नकालागि स्टिकर परिवर्तन गरेर राखिएको दुुई ट्रक खाने तेल बरामद भएको थियो । सोहि प्रकरणमा उनी र उनको समूहविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी तथा कालोबजारी अन्तर्गत मुुद्दा दायर गरिएको थियो । सो मुद्दामा काठमाडौँ  जिल्ला अदालतले दुुगड ग्रुपका सबै सञ्चालकहरुलाई दोषी ठहर गर्दे नौ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको फैसला गर्दै तत्काल पक्राउ गर्न आदेश दिएको थियो । 

बोल्न मान्दैन कुमारी, राष्ट्र बैंकपनि मौन 
यस विषयमा कुमारी बैंक बोल्न मानेन । संचालक अयोग्य भएको खबर बारे बुझ्न हामीले आइतबार बैंकमा सम्पर्क गर्दा यसबारे कोहि पनि बोल्न चाहेनन् । त्यसपछि हामीले नेपाल राष्ट्र बैंकमा यसबारे बुझ्ने प्रयास गरेका थियौं । अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका नारायण प्रसाद पौडेलले यसबारे नेपाल राष्ट्र बैंकमा जानकारी भइसकेकाले कारवाही प्रक्रिया अगाडी बढ्ने बताएका छन् । यता नेपाल राष्ट्र बैंक यो प्रकरणमा मौन बसेको सरोकारवालाहरुको आरोप छ ।

स्रोत:अर्थसरोकारबाट 


काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं नेपाली कांग्रेस सनातन हिन्दुराष्ट्र स्थापना महाअभियानका संयोजक  खुमबहादुर खड्का हिजो स्वदेश फर्किएका छन् ।

झण्डै २ हप्ता लामो भारत बसाई पछि उनी हिजो आइतबार साझँ स्वदेश फर्किएका हुन् ।

नियमित स्वास्थ्य उपचारका क्रममा भारतमा बसेका नेता खड्काले त्यँहा राजनैतिक भेटघाट समेत गरेका थिए ।

खड्कालाई विमानस्थलमा नेपाली कांग्रेसका कार्यकर्ता र हिन्दुवादीहरुले भब्य स्वागत गरेका थिए ।

त्यसो त खड्का स्वदेश फर्किए लगत्तै हिन्दुवादीहरुको आन्दोलन समेत चर्किने देखिएको छ ।

अब हिन्दुवादीहरुको आन्दोलन चर्काउनेबारे छलफल हुने समेत स्रोतले बताएको छ ।

विमानस्थलमा पत्रकारहरुसगँ कुरा गर्दै खड्काले हिन्दुराष्ट«का लागि निरन्तर आन्दोलन गर्ने बताए भने मधेसको आन्दोलनलाई बार्ताबाट समाधान गर्नु पर्ने बताएका थिए ।

एजेन्सी, लण्डन । बेलायतमा युरोपियन युनियनको सदस्य कायमै रहने विषयमा पुनः जनमतसंग्रहको माग गर्दै तयार पारिएको निवेदनमा तत्काल दस लाख हस्ताक्षर समर्थन जुटेको छ । 

यसै विषयलाई लिएर बिहीबार भएको जनमतसंग्रहमा बेलायतले ४८ प्रतिशतका बदलामा ५२ प्रतिशत मतदान गरेर युरोपियन युनियनसँग अलग हुने जनादेश दिएको थियो। जबकि, त्यो जनमतसंग्रहमा बेलायत अन्तर्गतकै लण्डन, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डले भने युरोपियन युनियनभित्रै रहने पक्षमा बहुमत दिएको थियो।

परिणामलगत्तै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आगामी अक्टोबर भन्दाअगावै प्रधानमन्त्री छाड्ने घोषणा गरिसकेका छन् । निवेदन तयार पारेका विलियम ओलिभर हिलीले उल्लेख गरेका छन्, ‘कुल मतदाता संख्याको ७५ प्रतिशतभन्दा कमले मतदान गरेको अवस्थामा ६० प्रतिशतभन्दा कमले बहुमत पाएको स्थिती रहेकाले यस सम्वन्धि प्रावधानलाई विचार गर्दै तपसीलका हस्ताक्षरकर्ताहरू पुनः जनमतसंग्रह गराइयोस् भनेर माग गर्दछौं।’

बिहीबारको चुनावमा केवल ७२.२ प्रतिशतले मतदान गरेका थिए र त्यसमा केवल ५२ प्रतिशतका आधारमा बहुमत कायम हुनपुगेको छ। गत वर्ष भएको संसदीय चुनावमा त्यहा ६६.१ प्रतिशतले मतदान गरेको भन्दा चाहिँ यसपटकको जनमतसंग्रहमा उत्साहजनक उपस्थिति देखिएको हो। यस्तो अवस्थामा हिलीले ७५ प्रतिशत जनमत आउनै पर्ने थ्रेसहोल्डको माँग हिली स्वयंले गरेका हुन्।

सन् २०१४ मा भएको स्कटिस स्वतन्त्रतासम्बन्धि जनमतसंग्रहमा ८४.६ प्रतिशत मत खसेको थियो। १९९२ पछिको आजसम्म कुनै पनि आमचुनावमा भने ७५ प्रतिशतभन्दा बढी भोट खसेकै छैन । निवेदन राखिएको साइटमा आजसम्मकै सर्वाधिक भिजिटर संख्या भएको कारणले त्यो साइट नै डाउन भएको बेलायतको तल्लो सदनकी प्रवक्ताले जनाएकी छिन् ।

सदनमा आउने निवेदनलाई हेर्ने बेग्लै कमिटी रहेको छ जसले एक लाखभन्दा बढी हस्ताक्षर जुटाउनेबित्तिकै यस सम्बन्धमा संसदमा कुरा उठाउने वा नउठाउने भन्ने विषयमा निर्धारण गर्छ। कमिटीको बैठक मंगलबार फेरि बस्ने भएको छ ।

यसै परिणामको प्रतिक्रियामा लण्डनका मेयर सदिक खानलाई पठाइएको एउटा अर्को निवेदनमा पनि एक लाखभन्दा बढी हस्ताक्षर जुटिसकेको छ, जसमा राजधानी लण्डनलाई बेलायतभन्दा अलग पारेर युरोपियन युनियनमा गाभ्नुपर्ने राय त्यहाँका नागरिकहरूद्वारा दिइएको छ। उक्त निवेदन दर्ता गर्ने जेम्स ओमालीले लण्डन एक अन्तर्राष्ट्रिय सहर रहेको र आफूहरू युरोपको मुटुकै रुपमा कायम रहन चाहेको उल्लेख गरेका छन् । 

नुवाकोट । १४ महिना अघिको विनासकारी भुकम्पको पीडामा रहेका घरविहीन भूकम्पपीडितलाई नुवाकोटमा नेपाली सेनाको सक्रियतामा तीन स्थानमा सामुदायिक भवनको निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिएको छ । 

भवन निर्माणको जिम्मा पाएको नेपाली सेनाका तीन सय जना जवान दैनिक रुपमा खटिएका थिए । नेपाली सेनाले निर्माण सुरु गरेको १५ दिनको अवधिमा वुधसिंह, थानसिंह र ओखरपौवा गाविसमा सामुदायिक भवनको निर्माण गरेर भूकम्पपीडित समुदायलाई हस्तान्तरण भएको सेनाको श्रीनाथ गणका गणपति प्रमुख सेनानी रोहित गुरुङले जानकारी दिए ।

उनका अनुसार वसुन्चेत गाविसमा तीन दिनभित्र सामुदायिक भवनको निर्माण सम्पन्न हुने क्रममा रहेका छन् । १४ महिना अगाडिको विनासकारी भूकम्पपीडितका लागि सामुहिक आवासको अवधारणा अनुसार नेपाली सेनाले निर्माण गरेर छोटो अवधिमै समुदायलाई उपलव्ध गएको हो ।

भूकम्पबाट विस्थापित भएका पीडितहरुलाई आवासको व्यवस्था गर्न नुवाकोट र रसुवा जिल्लामा नेपाली सेनाले सामूहिक आवासको निर्माण कार्यलाई तीव्ररुपमा अगाडि बढाएको हो । आगामी केही समयभित्रै विस्थापितलाई बसोवास व्यवस्थापन गर्न सेनाका जनशक्ति अहोरात्र सामूहिक भवन निर्माणमा खटिरहेका छन् । 
आवासको निर्माणको साथै महिला र पुरुषक लागि छुट्टाछुट्टै शौचालय, स्नानगृहसमेत निर्माण गरेका छन् । भूकम्पपीडितका लागि नेपाली सेनाले निर्माण गर्दै गरेको सामूहिक आवासबाट नुवाकोट र हिमाली जिल्ला रसुवा क्षेत्रमा बस्ने विस्थापित परिवारले सुरक्षित बसोवास गर्न पाउने आशा राख्दै खुसी व्यक्त गरेका छन् ।

यसबाट भूकम्पपीडित परिवार खुसी भएको जिल्ला दैवी प्रकोप उद्धार तथा विपद व्यवस्थापन समितिका अध्यक्ष तथा नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले वताए । नुवाकोटमा सेनाले सात, समुदायले एक र ठेक्कामार्फत निर्माण व्यवसायीले दुई स्थानमा सामुदायिक भवनको निर्माण कार्य भइरहेको छ । 

उपभोक्ता र निर्माण व्यवसायीले निर्माण गरेका सामुदायिक भवनको निर्माण कार्य समयमै सम्पन्न नहुने भएका छन् । वर्षात्मा भूकम्पपीडितहरुललाई बस्नका लागि धमाधम सामुदायिक भवनहरु निर्माण भइरहेको छ । 

नुवाकोटका विभिन्न स्थानमा वर्षात् अगावै चारवटा आधुनिक सामुदायिक भवन निर्माण गरी हस्तान्तरण गर्ने उद्धेश्यले नेपाली सेनाले आफैं खटिएर भवन निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेको हो । सेनाले वुधसिंह, थानसिह र ओखरपौवा गाविसमा २३-२३ लाख रुपैया लागतको सामुदायिक भवन निर्माण कार्य सम्पन्न गरेको छ । ती भवनहरु आठ घरपरिवारका लागि निर्माण गरिएका हुन् ।

बुधसिंहमा आठ परिवारका लागि निर्माण गरिएको सामुहिक आवास भवन सेनाको नं. ६ बाहिनी बैरेनीका बाहिनीपति सहायक रथी ज्योतिन्द्रबहादुर खत्रीले स्थानीय समुदायलाई हस्तान्तरण गरे । उनले नेपाली जनताको पीरमर्का र दुःखमा सदैब नेपाली सेनाले साथ दिने बताए । 

यसका साथै थानसिह गाविसको मकैचौरमा निर्माण गरिएको सामुदायिक आवास भवन सैन्य तालिम केन्द्र मैथलीका केन्द्रपति महासेनानी रामकृष्ण थापाले हस्तान्तरण गरे । ओखरपौवा गाविसको कागतीगाउंमा निर्मित समुदायिक आवास भवनको सेनाको श्रीनाथ गणका गणपति प्रमुख सेनानी रोहित गुरुङले हस्तान्तरण गरे ।

१५ वर्षको कैरियरमा सविनाको  पढनुस १५ अनुभुति:
काठमाडौं । अत्यधिक फ्यान फलोइङ भएकी आरजे हुन् सविना कार्की । कान्तिपुर रेडियोमा विभिन्न कार्यक्रम चलाउँदै आएकी उनलाई मिठो र सन्देशमुलक प्रस्तुतिका लागि धेरैले रुचाए ।

सविनाले हालै कान्तिपुरसँगको १५ वर्ष पुरानो सम्वन्ध तोडेकी छिन् । अब इन्टरनेटमार्फत स्रोताहरुमाझ आउने उनको तयारी छ । सविनाले आफ्नो १५ वर्ष लामो रेडियो करिअरका १५ अनुभूति यसरी बाँडिन् ।

१. आरजे बन्ने मेरो सानैदेखिको सपना थियो । मलाई जसरी पनि कान्तिपुर एफएममै जागिर खाने भुत सवार भएको थियो । कक्षा ११ पढ्दा मेरा धेरै साथीहरुलाई यो कुरा थाहा थियो । एक दिन प्रेक्षा भन्ने मेरो बेष्ट फ्रेन्डले कान्तिपुर पत्रिकाको कटिङ लिएर आई । आरजेको लागि भ्याकेन्सी खुलेको रहेछ । म उत्साहित भएर तुरुन्तै कान्तिपुरको विल्डिङमा पुगेँ । फाराम भरेँ । तीन राउन्ड अन्तरवार्ता भयो । अन्तिम अन्तरवार्तामा म पनि छानिएँ । त्यसपछि कैलाश सिरोहियाले मलाई भन्नुभयो, ‘यु ह्याभ द फायर इन्साइड सविना । वेल्केम टु कान्तिपुर फेमिली ।’ म खुशीले झण्डै उफ्रेँ ।

२. रेडियो करिअर स्टार्ट गरेको २ वर्षपछिको घटना हो । एउटा कलेजको उद्घाटन कार्यक्रममा उद्घोषक बन्न पुगेकी थिएँ । त्यो मेरो जीवनकै पहिलो एमसी अनुभव थियो । त्यतिबेलासम्म मेरो त्यति ठूलो फ्यान फलोइङ पनि थिएन ।

कार्यक्रम शुरु गरेँ । तर, प्रमुख अतिथि आउन ढिला भयो । ट्राफिक जामका कारण प्रमुख अतिथि आउन ढिला हुनेभयो भनेर मलाई सूचना आयो । मैले त्यही कुरा माइकमा बोलेँ । मैले त्यति भनेलगत्तै उपस्थित दर्शकहरु, जसमा अधिकांस विद्यार्थी थिए, ले त खुशी भएर हुटिङ पो गरे । त्यसपछि उनीहरुले चारैतिरबाट मलाई घेरेर अटोग्राफ माग्न थाले । प्रमुख अतिथि आइसक्दा पनि म अटोग्राफ दिइरहेकी थिएँ ।

३. मोबाइल र सोसल मिडियाको जमाना सुरु भइसकेको थिएन । मलाई अफिसका नम्बरमा धेरै फोन आउँथे । त्यस्ता फोनमा प्रायः मेरो प्रस्तुतिको तारिफ गर्नुहुन्थ्यो । एक जनाले चाहिँ मलाई फोन गरेर सोझै बिहेको प्रस्ताव गर्नुभयो । एकपटक होइन पटक-पटक । धेरैचोटी मलाई भेट्न कार्यालय अगाडि आएर बस्नुहुन्थ्यो । म भेट्थेँ, तर उहाँको प्रस्तावलाई हाँसेर टार्थेँ ।

हुँदाहुँदा एक दिन त उहाँले आफ्नी आमालाई लिएर मेरो अफिसमा आउनुभयो । उहाँकी आमाले ‘लौन नानी मेरो छोरोले साह्रै गर्‍यो, मेरी बुहारी बन्नुपर्‍यो’ भनेर हत्ते गर्न थाल्नुभयो । त्यसपछि अफिसमा साथीहरु जम्मा भए र सबैले सम्झाउन थाले । मैले पनि ‘अहिले मेरो बिहे गर्ने उमेर भएको छैन आमा, पढ्दैछु’ भनेर सम्झाएर पठाएँ । त्यसपछि बल्ल उहाँले पिछा छोड्नुभयो ।

४. म हरेक बिहिबार ‘यो माया भन्ने चिज यस्तै हो’ भन्ने कार्यक्रम चलाउँथेँ । एक दिन कार्यक्रम शुरु गर्नै लाग्दा एउटा स्रचना हातमा परेँ । मैले त्यो पढेँ । एक जनाको अति महत्वपूर्ण औषधि ट्याक्सीमा छुटेको रहेछ । काठमाडौंमा नपाइने औषधि उहाँले भारतबाट ल्याउनुभएको रहेछ । त्यो औषधि भेट्नेले फलानो व्यक्तिलाई फलानो नम्बरमा सम्पर्क गर्नुहोला भनेर मैले सूचना पढेकी थिएँ ।

त्यसको भोलिपल्ट जब म अफिस आएँ, कसैले मेरो ढोकामा एउटा ठूलो बुके, चकलेटहरु र कार्ड छोडेको रहेछ । सो कार्डमा ‘मेरो जीवन बचाउनुभएकोमा धन्यवाद’ लेखिएको थियो । खासमा ट्याक्सी ड्राइभरले मेरो कार्यक्रम सुनेर औषधि उनको हातमा पारिदिएका रहेछन् । ती व्यक्तिसँग भेट भएन, तर उनका शब्दहरुले धेरै दिनसम्म मलाई प्रभाव पारिरह्यो ।

५. संकटकालताका राति गाडीमा घर जाँदा कडा चेकिङ हुन्थ्यो । एक रात थापाथलीमा पुग्दा सेनाले रोक्यो । कान्तिपुर रेडियो भन्नासाथै एक जना सैनिकले ‘सविना कार्की यहाँ हुनुहुन्छ ?’ भनेर सोधे । मैले आफ्नो परिचय दिएँ । त्यसपछि त उनी जंगिए । ‘मैले बलिउड हंगामामा पठाएको चिठी तपाईंले किन नपढेको ?’ मैले उहाँको नाम सोधेँ । तर, मलाई उहाँको चिठी याद भएन । त्यसपछि भनेँ, ‘फेरि पठाउनुस् अर्को एपिसोडमा प्रशारण गर्छु ।’ उनी त अहिले नै लेख्छु भनेर कापी कलम लिएर तयार भए । एकैछिनमा सन्देश लेखेर दिए पनि । त्यसलाई मैले आफ्नो कार्यक्रममा पढिदिएँ ।

६. मेरो दिनेश भन्ने सहकर्मीले सुनाएको कुरा यो । उहाँको एक जना साथीले सेयर गर्नुभएको रे । उहाँ जीवनबाट विरक्तिएर आत्महत्या गर्ने निर्णयमा पुग्नुभएको रहेछ । तर, मेरो कार्यक्रम सुनेर आफ्नो मुड बदल्नुभयो रे । म कार्यक्रममा जीवनका रमाइला पक्षहरुबारे चर्चा गरिरहन्छु । यदि मेरै कार्यक्रम सुनेर कसैले आत्महत्या गर्ने निर्णय बदलेको हो भने त्यो मेरो लागि एकदमै ठूलो कुरा हो ।

७. मैले १५ वर्षको करिअरमा चार हजार जति इन्टरभ्यू गरेको छु होला । मलाई अन्तरवार्ता दिन आउनेमध्ये दुई जना गेष्टले मलाई प्रेम प्रस्ताव राख्नुभएको छ । तीमध्ये एक जना परिचित नै हुनुहुन्थ्यो भने एक जनासँग पहिलोचोटी भेट भएको थियो । उहाँहरु दुवैले अन्तरवार्ता सकिएपछि मलाई प्रपोज गर्नुभएको हो । दुवै जनाले सिरियसली राखेको प्रस्तावलाई मैले हाँसेरै टारेँ ।

८. यो माया भन्ने चिज यस्तै हो भन्ने कार्यक्रम सुनेर मेरो डाइ हार्ड फ्यान बन्नुभएको रहेछ एक व्यक्ति । उहाँको नाम जितु हो । उहाँ हरेक विहिबार मेरो कार्यक्रम सुन्ने र मैले बोलेका कुराहरु टिपोट गर्ने गर्नुहुँदो रहेछ । अनि त्यो टिपोटको सग्रह प्रत्येक वर्षको वैशाख १ गते मलाई हुलाकबाट पठाइदिनु हुन्थ्यो । यो सिलसिला ७ वर्षसम्म चल्यो । एकपटक काठमाडौं आएका बेला मलाई भेट्नु पनि भयो । उहाँले पठाएका ती चिठीलाई मैले अहिले पनि सुरक्षित राखेको छु । सात वर्षपछि उहाँ कता गायब हुनुभयो थाहा भएन ।

९. मेरो एक जना स्रोता हुनुहुन्छ, जो मलाई आफ्नो बेस्ट फ्रेन्ड जस्तो मान्नुहुन्छ । आफ्ना पर्सनल कुराहरु सेयर गर्नुहुन्छ र सल्लाह माग्नुहुन्छ । एकटक उहाँले भन्नुभयो, ‘मेरो प्रेमिकासँग ब्रेकअप भयो । उसले परिवारको दबावमा अर्को बिहे गरी । तर, बिहेपछि पनि हाम्रो रिलेसन टुटेको छैन । त्यो केटी पाइनँ भने मर्छु जस्तै लाग्छ । के गर्ने होला ?’  मैले उहाँलाई राम्ररी सम्झाएँ । तपाईंले उनलाई जसरी पनि बिर्सिनुपर्छ भनेर कन्भिन्स गरेँ । उहाँलाई पनि बिहे गर्न सल्लाह दिएँ । केही समयपछि उहाँले पनि बिहे गर्नुभयो । अहिले उहाँको दुई वर्षको छोरा छ । आफ्नो पारिवारीक जीवनबाट सन्तुष्ट हुनुहुन्छ । मलाई भेट्दा भन्नुहुन्छ, ‘तपाईंकै सल्लाह मानेर म गलत बाटोमा हिड्नबाट रोकिएँ ।’

१०.रविन्द्र मिश्र मेरो राम्रो स्रोता हुनुहुन्छ । केही दिन अघिको मात्र कुुरा हो । उहाँ कपाल काट्न जाँदा एक जना मेरो फ्यानसँग भेट भएछ । त्यहीँबाट फोन गरेर मलाई उहाँसँग कुरा गराउनुभो ।

उहाँको नाम नवराज रहेछ । अहिले रेडियो नेपालमा खरदार हुनुहुँदो रहेछ । उहाँले मबाट ‘इन्सपायर’ भएर यो ठाउँसम्म आइपुगेको बताउनुभो । ‘म सानैदेखि तपाईंको कार्यक्रम सुन्थेँ । पहिले त्यति पढ्न मन लाग्दैनथ्यो । तपाईंको भनाइहरुबाट प्रेरित भएर नै पढाईमा राम्रो गरेँ । जागिर खाएँ । आज जुन पोष्टमा छु, त्यसमा तपाईंको पनि ठूलो हात छ’ उहाँका यस्ता शब्दले मलाई भावुक बनायो ।

११. मैले कान्तिपुर छोडेँ भनेर फेसबुकमा पोष्ट गरेपछि धेरै कमेन्टहरु आएका छन् । ती कमेन्टहरुले मलाई उत्प्रेरणा मिलेको छ । ‘तपाईंले हामीलाई मनोरञ्जन मात्र दिनुभएको छैन, जीवनमा राम्रो काम गर्न प्रेरणा पनि दिनुभएको छ भनेर धेरैले लेख्नुभएको छ । कसैले तपाईंको कारणले राम्रो पढेको छु भनेर लेख्नुभएको छ, कसैले आफ्नो जीवनसाथीसँग सम्वन्ध सुधारेको छु भन्नुभएको छ र कसैले आमाबुवालाई खुशी बनाएको छु भनेर लेख्नुभएको छ । यस्ता कमेन्टहरु पढ्दा पनि खुशीले मन भरिएको छ ।

१२. मैले १५ वर्षको रेडियो करिअरमा एक दिन पनि स्रोतालाई ठगिनँ ।  साथीहरु भ्याकेसन मनाउन जान्थे, पार्टीमा जान्थे । तर म कार्यक्रमको टाइममा कहिँ कतै गइनँ । एउटा एपिसोड पनि मैले मेहनत नगरिकन चलाएको छैन । एक दिन पनि अफिस ढिला पुगेको रेकर्ड छैन । मेहनेतको फल मिठो हुन्छ भन्छन् । मैले सँधै मिठो अनुभव गरिरहेँ ।

१३. एउटै अर्गनाइजेसनमा १५ वर्ष बिताउनु लामो समय हो । जीवनमा टर्निङ प्वाइन्टहरु आउनुपर्छ । हामी खाली कम्र्फट जोनमा बसेर जीवन गुजार्न चाहन्छौं । मैले पनि अहिलेसम्म त्यस्तै गरेँ । अब अलिकति चेन्ज ल्याउन चाहेकी छु । तर, म श्रोताहरुबाट अलग हुन लागेकी होइन । यदि त्यस्तो हुन्थ्यो भने मलाई असैह्य पीडा हुन्थ्यो होला । तर, आज म उत्साहित छु । म परिवर्तित समयलाई आत्मसात गर्दै नयाँ माध्यमबाट श्रोताहरुसँग गाँसिन गइरहेकी छु । अब मलाई पडकास्ट मार्फत इन्टरनेटमा सुन्न सक्नुहुनेछ । यसलाई मैले आफ्नो नामसँग जोडेर सब्सकास्ट नाम दिएकी छु ।

१४. मैले ४ वर्षअघि बिहे गरेँ । उहाँ व्यवसायी हुनुहुन्छ । मेरो कार्यक्रम खासै सुन्नुहुन्न । तर, मलाई सँधै सपोर्ट गर्नुहुन्छ । अझै मिहिनेत गर्न प्रेरणा दिनुहुन्छ ।

बिहेपछि पनि मेरो फ्यान फलोइङ घटेको छैन । बरु बढेको छ । सामाजिक सञ्जालमा सिन्दुर-पोते लगाएको फोटो हाल्छु र पनि कतिले मलाई प्रपोज गर्नुहुन्छ । यद्यपि मलाई सामाजिक सञ्जालमा आउने सन्देशहरु पहिलेको भन्दा केही फरक छन् । आजकाल बढि सल्लाहकै लागि सन्देश आउछन् । म सकभर सबैलाई जवाफ दिने प्रयत्न गर्छु ।

१५. रेडियो कार्यक्रम चलाउने बाहेक म क्याम्पस पढाउने पनि गर्छु । मास कम्युनिकेसन पढाउँछु । पढाईमा म निकै कडा गर्छु विद्यार्थीहरुलाई । धेरै विद्यार्थीहरु मसँग पर्सनल्ली नजिक पनि छन् । मलाई व्यक्तिगत कुराहरु सेयर गर्छन् र सल्लाह माग्छन् । सबैजना मसँग सामाजिक सञ्जालमा जोडिएका छन् । साभार: अनलाइनखबर