Select Menu
Select Menu



अप्रेशन : समाचार

अप्रेशन : अन्तराष्ट्रिय

अप्रेशन : खेलकुद

अप्रेशन : आर्थिक

अप्रेशन : पत्रपत्रिका

अप्रेशन : बिचार/अन्तरवार्ता

अप्रेशन : रोचक / बिचित्र

अप्रेशन : मिडिया

अप्रेशन : प्रबिधि

अप्रेशन : मनोरंजन बिविद

अप्रेशन :भिडियो ग्यालरी


News Operation 8:25:00 PM


काठमाडौं । बेलायतमा १० लाखभन्दा बढीले एक आवेदनमा हस्ताक्षर गरेर युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिनेबारे फेरि जनमत संग्रह गर्न माग गरेका छन् ।

उनीहरुको तर्क छ कि कुल मतदाता मध्ये ७५ प्रतिशतले मतदान गरेका छन्, जसमा मात्र ५२ प्रतिशतले युनियनबाट अलग हुने मत लिएका छन् । यस आधारमा मात्र निर्णय लिनु गलत हुने उनहिरुले बताएका छन् ।

यो अभियान सुरु भएपछि एक समय यति धेरै मानिसले हस्ताक्षर गर्न चाहेका थिए कि वेबसाइट नै क्रास भयो ।युरोपियन युनियनबाट अलग हुने पक्षमा मत देखिएका केही मानिस पछुताइरहेका छन् । र, उनीहरुको भनाइ छ कि जितिन्छ भन्ने विश्वास नै थिएन ।

पश्चाताप व्यक्त गर्ने सिलसिला यसरी चलेको छ कि सामाजिक सञ्जालमा रिग्रेक्सिट ट्रेण्ड नै भएको छ । लण्डनमा पनि एक अनलाइन आवेदन सुरु भएको छ, जसमा लण्डनलाई ‘स्वतन्त्र राष्ट्र’ घोषित गर्न आहृवान गरिएको छ । जहाँ हजारौंले समर्थन जनाएका छन् ।

यता स्कटल्याण्ड नेशनल पार्टीकी नेता निकोला स्टरगियोनले स्कटल्याण्डमा फेरि जनमत संग्रह गराउन आवश्यक कानुन बनाउने बताएकी छन् ।

साथै युरोपियन युनियनबाट बाहिर रहँदा बेलायतमा पर्ने असरबारे छलफल गर्न बैठक समेत बोलाइकी छन् । स्कटल्याण्डले ईयूबाट बाहिरिने पक्षमा भारी मत दिएको थियो ।

कसैले पनि ईयू छाड्न बाध्य पार्न नसक्ने उनले बताएकी छन् । युरोपियन संघसँगको सम्वन्ध कायम राख्न आफ्नो सरकारले तत्काल वार्ता गर्ने उनले बताइन् । # अनलाइनखबर




एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अप्रेसन डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

Loading...
«
Next
»
Previous