Select Menu
Select Menu



अप्रेशन : समाचार

अप्रेशन : अन्तराष्ट्रिय

अप्रेशन : खेलकुद

अप्रेशन : आर्थिक

अप्रेशन : पत्रपत्रिका

अप्रेशन : बिचार/अन्तरवार्ता

अप्रेशन : रोचक / बिचित्र

अप्रेशन : मिडिया

अप्रेशन : प्रबिधि

अप्रेशन : मनोरंजन बिविद

अप्रेशन :भिडियो ग्यालरी


News Operation 9:30:00 PM


काठमाडौं । सामाजिक मिडिया एप्समध्ये एक भाइबरले नेपालमा लगानी गर्ने जनाएको छ । भाइबरका लागि नेपाल एक प्राथमिक बजार भएकाले भविष्यमा थप लगानी गर्न र नवीन अफरहरु ल्याउन इच्छुक रहेको भाइबर साउथ एसियाका क्षेत्रीय प्रमुख अनुभव नैय्यरले बताए । 

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमा सम्बोधन गर्दै उनले पब्लिक च्याटको सफलतापछि ग्राहकमाझ नयाँ अफर ल्याउने निर्णय गरेको बताए । प्रयोगकर्तालाई आफ्नै भाषामा भावना व्यक्त गर्न सजिलो बनाउन भाइबरले नयाँ र विशेष स्टिकर प्याक सुरु गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

विश्वभरी ७ करोडभन्दा बढी प्रयोगकर्ता र नेपालमै ४५ लाख सूचीकृत प्रयोगकर्ताले प्रयोग गर्दै आएको विश्वको अग्रणी मैसेन्जर एप्प भाइबरले यो वर्षको सुरुवातदेखि नै स्थानीय भाषामा स्टिकर उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।   

नेपालमा टुबोर्गसँगको सहकार्यमा पहिलो स्थानीयकृत स्टिकर परियोजनाको सफलतापछि भाइबरले नेपाली भाषामा आफ्नो पहिलो स्टिकर प्याकको पनि घोषणा गरेको छ । नेपालमा प्रचलित सामाजिक मिडिया एप्स्मध्ये भाइबरले नेपाललाई आफ्नो बजार विस्तारको प्राथमिकतामा राख्दै आएको उनको दाबी छ ।

यही सफलतासँगै भाइबर निकट भविष्यमा नेपालमा एक बृहत् डिजिटल सञ्चार एप्स्को रुपमा स्थापित हुने उनले बताए । हालै पब्लिक च्याटको आरम्भ गरेको भाइबरले नेपाली बजारमा उल्लेख्य सफलता प्राप्त गर्दै गइरहेको जानकारी गराउँंदै पब्लिक च्याटमा प्रयोगकर्ताले सेलिब्रेटी, प्रेरक र ब्रान्डलाई पछ्याउन सक्ने पनि बताए ।

माल्भिका सुब्बा, प्रियँका कार्की, ऋचा शर्मा, नगमा श्रेष्ठ जस्ता सेलिब्रेटी लगायत पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत भाइबर पब्लिक च्याट्समा आफ्नो उपस्थिति जनाइसकेका छन् । फ्यान र फ्लोअरहरुले अब उनीहरुको आफ्नो प्रिय सेलिब्रेटीको दिनचर्या, जीवनशैलीबारे सुटुक्क चिन्हाउन सक्नेछन् ।

नेपाली फिल्म जगतकी चर्चित नायिका ऋचा शर्माले भाइबर पब्लिक च्याटमा आफूलाई पेश गर्न पाउँदा अत्यन्त रोमाञ्चित भएकी भन्दै यसले उनलाई गहन अनुभूति दिलाएको बताइन् । पब्लिक च्याटले ब्रान्ड र सेलिब्रेटीलाई उनीहरुको फलोअरसँग अत्यन्त नजिकको निजी सम्बन्ध बनाइ राख्न मद्दत गर्ने उनले बताइन् ।

प्रयोगकर्तामाझ स्टिकरले सन्देश र सूचना प्रवाह गर्ने एक क्रान्तिकारी भूमिका निर्वाह गरेको छ । स्टिकरले आपसी वार्तालाई अत्यन्त निजी बनाउन र मनको भावलाई राम्ररी व्यक्त गर्न मद्दत गर्छ । नेपाली नयाँ वर्ष २०७३ लाई उत्सवका रुपमा मनाउन भाइबरले १० हजार नेपाली रुपेैयाँ बराबरका स्टिकरको प्याक निःशुल्क उपलब्ध गराएको थियो । 

यसले कुराकानीमा अपनत्वमात्र बढाउने नभई मनमोहक डिजाइनले प्रयोगकर्तामाझ बृहत् संवेदना पनि प्रवाह गर्छ । भाइबरले यही सफलतालाई मध्यनजर गर्दै र नेपाली ग्राहकको रुचीलाई ध्यान दिँदै यहाँका स्थानीय सेवाप्रदायकसँग सहकार्य गर्न आगामी केही महिनामै नेपालभर आफ्नो सेवा विस्तार गर्र्ने योजना बनाइरहेको छ ।




एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अप्रेसन डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

Loading...
«
Next
»
Previous