Select Menu
Select Menu



अप्रेशन : समाचार

अप्रेशन : अन्तराष्ट्रिय

अप्रेशन : खेलकुद

अप्रेशन : आर्थिक

अप्रेशन : पत्रपत्रिका

अप्रेशन : बिचार/अन्तरवार्ता

अप्रेशन : रोचक / बिचित्र

अप्रेशन : मिडिया

अप्रेशन : प्रबिधि

अप्रेशन : मनोरंजन बिविद

अप्रेशन :भिडियो ग्यालरी


News Operation 10:23:00 AM


काठमाडौं । उपत्यकाका विभिन्न आकाशे पुलहरु यौन किनबेच गर्ने स्थानका रुपमा परिचित हुँदै गएको छ । अधिकारका लागि अभियान नामक सञ्जालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कलंकी, गोंगबुलगायतका स्थानका आकाशे पुलमा बालिकादेखि युवतीसम्मलाई यौनकार्यका लागि सेटिङ मिलाउने काम हुँदै आएको तथ्य पत्ता लगाएको हो ।

भूकम्पपीडित गाउँबाट आएका , आर्थिक अवस्था कमजोर भएका र साथीहरुसँगको लहैलहैमा भागेर सहर प्रवेश गरेका बालिकाहरुलाई यौनकार्यमा संलग्न हुने गरेको सञ्जालले बताएको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

११ देखि १८ वर्षका किशोरी सडक बालिका र लागूपदार्थका दुव्र्यसनीहरु यौनकार्यमा लागेको पाइएको छ । अत्यन्त न्यून आर्थिक अवस्था भएका, गर्भवती र एकल महिलासमेत यौनकार्यमा संलग्न रहेका अध्ययनमा संलग्न एमएमएसडी नेपालकी अध्यक्ष रुपा शर्माले बताइन् ।

ग्राहकले यौनकर्मीसँग मोलमोलाई गरिरहेको देख्न र सुन्न र अनुभव गर्न सकिने अध्ययनमा संलग्न छोरी नामक संस्थाकी अध्यक्ष हीरा दाहालले बताइन् । आकाशे पुलमुनि आउने ग्राहकमा प्रहरी, सेना , सवारी मजदुर र विद्यार्थी बढी छन् ।

उनीहरुले प्रतिघण्टा पाँच सय देखि १० हजासरम्म तिर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । ग्राहकहरुमा आर्थिक स्थिति नाजुक भएकादेखि उच्च ओहदाका व्यक्तिहरुसमेत रहेका स्थलगत अध्ययनमा आवद्ध सञ्जालका सदस्यले बताएका छन् ।




एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अप्रेसन डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

Loading...
«
Next
»
Previous