Select Menu
Select Menu



अप्रेशन : समाचार

अप्रेशन : अन्तराष्ट्रिय

अप्रेशन : खेलकुद

अप्रेशन : आर्थिक

अप्रेशन : पत्रपत्रिका

अप्रेशन : बिचार/अन्तरवार्ता

अप्रेशन : रोचक / बिचित्र

अप्रेशन : मिडिया

अप्रेशन : प्रबिधि

अप्रेशन : मनोरंजन बिविद

अप्रेशन :भिडियो ग्यालरी


News Operation 8:05:00 PM


काठमाडौं । मधेशदेखि काठमाडौंसम्म अचेल दुईटा कुरा निकै चर्चा हुने गरेको छ । एक ‘क्षमा अभियान’ र अर्को ‘तराई मधेश लोकतान्त्रिक पार्टी’ को महाधिवेशन । संयोगले दुईटैको घटक फरक भए पनि चर्चाको विषय एउटै बनेको छ ।

अधिकारकर्मी दिपेन्द्र झा र पत्रकार प्रशान्त झाले शुरु गरेको विभेद, छुवाछुत र कुरुति विरुद्ध भन्दै थालेको क्षमा अभियानका अभियान्ताहरुले तराई मधेशका ग्रामिण क्षेत्रमा गएर दलित, मुसहर, मुस्लिमको घरमा चिया, पानी, खाना खाएर माफी माग्ने अभियानले चर्चा पाएको छ ।
मधेशका यी उच्च जातिले दलितले छोएको खाना खाएर विभेद अन्त्य गर्ने दावी गरिरहेका छन् भने अर्कोतिर ठूलो जमात जो ती उच्च जातिबाट विगतमा विभेदमा परेका समुदायका बुद्धिजिवी, पत्रकार तथा सर्वसाधारणले त्यसको विरोध गरिरहेका छन् ।

क्षमा अभियानलाई समर्थन गर्ने तमलोपाले पनि चर्चा पाइरहेको छ । चर्चा पाउनुको एउटै कारण हो –समावेशी । जुन दलले छुवाछुत, कुरुती र विभेदको विरुद्ध क्षमा अभियानलाई समर्थन गर्यो, त्यही दलमा दलित, आदिवासी, जनजाति, महिला, पिछडिएकाको कुनै स्थान छैन । अर्थात महाधिवेनबाट हालसम्म चुनिएका नयाँ कार्यसमितिमा पनि उच्चजातिकै बर्चस्व रहेको छ ।

नवलपरासीको रामग्राममा असार ६ गतेदेखि शुरु भएको महाधिवेशनको बन्दसत्र अर्थात असार ७ गते सो पार्टीका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ह्रदयश त्रिपाठीले छुवाछुत मुक्त समाज निर्माणका लागि क्षमा याचनासहितको संकल्प प्रस्ताव पेश गरेका थिए । ब्राहमण उच्च जातिको बर्चस्व रहेको सो पार्टीमा त्यो प्रस्ताव सर्वसम्मतिले पारित पनि भयो । क्षमा याचनासहितको ‘सम्पूर्ण मधेशीका है यह गान, हम मधेशी एक समान’ को प्रस्ताव पारित भएपछि दिपेन्द्र झाहरुले शुरु गरेको अभियानको अभिष्ट स्पष्ट भएको छ ।

अभियान र तमलोपाको कनेक्सन
अभियानको दिपेन्द्र झा र प्रशान्त झा तराई मधेशका उच्च जातका व्यक्ति हुन् र तमलोपाको नेतृत्व पनि उच्च जातकै हातमा छ त्यही कारणले यी दुवैको स्वार्थ मिल्यो र एकअर्कालाई सघाउने सहमति भएको टिप्पणीहरु भइरहेको छ । यी अभियान्ताहरुले मधेशका अन्य दलहरुलाई अभियानमा सघाउन नभनेका होइन तर अस्वीकृत भयो ।
जुन समुदायले विगतमा मधेशका अन्य तल्लो तहका जनतामाथि शासन गरे, विभेद गरे आज तिनै समुदायका मान्छे अभियानमा लागेको विषयलाई धेरैले अनौठो रुपमा लिएका छन् ।

तमलोपा र समावेशी 
तमलोपाले हालै महाधिवेशन सम्पन्न गरेको छ तर सो महाधिवेशनबाट पूर्ण कार्यसमिति चयन गर्न सकेन । एकथरिले चुनाव गराएर नै कार्यसमिति चयन गर्नुपर्छ भनिरहेका थिए भने एकथरीले चुनाव गराउनु हुँदैन सर्वसम्मतिले कार्यसमिति बनाउनु पर्छ भने । अन्ततः बाँकी रहेका पदाधिकारी र सदस्यहरु चयन गर्ने जिम्मेवारी अध्यक्ष महन्थ ठाकुरले नै पाए ।
महाधिवेशनबाट अध्यक्षमा महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्षमा ह्रदयश त्रिपाठी र उपाध्यक्षमा बृषेशचन्द्र लाल चुनिएका छन् । अर्को उपाध्यक्षमा मनोनित भएर सर्वेन्द्रनाथ शुक्ला आउने पक्का पक्की नै छ । यसअघि पनि यी चारैजना पार्टीको मुल नेतृत्वमा थिए । यी चारैजना मधेशका उच्च जातिमा पर्छन् । ‘पार्टी समावेशी छैन, उच्च जातिको पार्टीको हो’ भन्नेजस्ता आरोप पुष्टि भएको राजनीतिक विश्लेषकहरुको धारणा आइरहेका छन् । महाधिवेशनबाट पार्टीलाई समावेशी बनाउने नारा दलका यही नेताहरु लगाएका थिए ।


बृषेश चन्द्र लाल, तमलोपा उपाध्यक्ष
हाम्रो संकल्प प्रस्तावलाई क्षमा याचनाको रुपमा मात्र बुझ्नु हुँदैन । संकल्प प्रस्तावलाई यदि राम्रोसँग अध्ययन गर्यो भने त्यहाँ समाजिक रुपान्तरणको लागि मानसिक रुपले, सोचले, कर्मले, व्यवहारले कुनै प्रकारको भेदभाव नगर्ने र रुढी, कुरुतीको विरोध गर्छौ, भनिएको छ ।
हामीले क्षमा याचनालाई समर्थन गरेका छैनौ । क्षामा याचना भनेको के हो ? हामी तपाईभन्दा उच्च छौ, हामीले तपाईमाथि अन्याय गरेका छौै, हामीलाई क्षामा गर्दिनुस् । जसरी अमेरिकाले जपानसँग क्षमा याचना गर्छन् कि तपाई भन्दा हामी ठूला छौ, हामीले तपाईमाथि अन्याय गर्यौं, हामीलाई क्षमा गर्दिनुस् ।’ हामीले क्षमा याचना होइन, संकल्प प्रस्ताव पारित गरेका छौ । 

वर्ण विभाजनको कारणले, जातिपातिको कारणले र अशिक्षा र रुढिबादिताको कारणले यस्तो अवस्था आएको छ, हामीलाई यसलाई रुपान्तरण गर्छौं भनि भनेका छौ । विधान अन्तरर्गत निर्वाचनमा आरक्षणको व्यवस्था गरेको छ । आरक्षणको व्यवस्था राख्नुको कारण यदि कोही निर्वाचनबाट प्रतिनिधित्व हुन सकेन भने आरक्षणको माध्यमबाट त्यसलाई प्रतिनिधित्व गराउन सकिन्छ ।
अहिलेसम्म जतिपनि परिणाम आएका छन् ती निर्वाचनमा नमोनेशन दिएपछि सर्वसम्मति र निर्विरोधबाट आएको छ । निर्वाचनका लागि अरु पदहरु पनि थिए तर मतदान गर्न कोही तयार भएन । मतपत्र छापेर आइसकेपछि मतदाताहरुले मतदान नै गर्दैनौ भनेर निस्किनुभयो । उहाँहरुले तपाईहरुले कार्यसमितिको चयन गर्नुस्, भन्नुभयो । अध्यक्षजीले पनि हामी छलफल गरेर गर्छौ, भन्नुभयो । 

चारजना मुस्लिम, पाँचजना महिला, पाँचजना आदिवासी जनजाति, तीनजना दलितका लागि केन्द्रीय समितिमा आरक्षणको व्यवस्था गरिएको छ । यति त अनिवार्य हुन्छ । विभेदलाई हटाउने यो प्रयास हो । अरु जो प्रतिस्पर्धामा आउनु हुन्छ, त्यसलाई निर्वाचनमार्फत व्यवस्था गर्न सकिन्छ । यदि निर्वाचनमा आउन सकेन भनेपनि त्यसलाई पार्टीमा प्रतिनिधित्व गराउन सकिने प्रावधान रहेको छ ।

महन्थ ठाकुलाई जातिको आधारमा, ह्रदयश त्रिपाठीलाई जातिको आधारमा, मलाई जातिको आधारमा, सर्वेन्द्रनाथ शुक्लालाई जातिको आधारमा हेर्नु उचित हुँदैन । जसले पार्टीको नेतृत्व गरिरहेको छ, जो निर्वाचनमा गएर निर्विरोध भए, त्यसलाई जातिय आधारमा हेर्नु राम्रो होइन । महसचिवमा वृजेश गुप्ता पश्चिमबाट मनोनयन दिनुभएको छ, जगिलाल राय यादव सर्लाहीबाट छ, विमल श्रीवास्तव, उमाकान्त झा, जितेन्द्र सोनल पनि हुनुहुन्छ । परिणामका लागि पर्खिनुपर्छ । अहिले नै समावेशी भएन भनेर टिप्पणी गर्नु उचित होइन । आरक्षणबाट दलित, जनजाति पनि निर्विरोध भएर आएका छन्, त्यसको बारेमा पनि बोल्नु पर्ने हो । म विश्वास दिलाउन चाहन्छु कि बाँकी रहेका पदहरुमा पनि समावेशी हुन्छ ।

सर्वेन्द्रनाथ शुक्ला
‘खाली सर दखके लम्बा होगा कि नाटा होगा’ भनि अनुमान लगाउनु हुँदैन । नेतृत्वमा हरेक व्यक्ति समावेशी हुँदैन । समितिमा समावेशी हुन्छ । काँग्रेस, एमाले, माओवादी र अन्य मधेशवादी दलहरुको पनि हेर्नुस् नेतृत्व बद्लेर समावेशी बनाउन सकिएको छैन । 

भारतीय जनता पार्टी सबै ठाउँमा नेतृत्वमा पहिलो, दोस्रो, तेस्रो तहका नेता हुन्छ, त्यसलाई नै जिम्मेवारी दिने गरेको छ । क्षमता भएपनि नभएपनि समावेशीको नाममा एक नम्बरमा राख्नु सम्भव हुँदैन । महन्थ ठाकुरको व्यक्तित्व नै यस्तो हो कि सबैलाई समेटेर समावेश गर्नुभएको छ । महन्थ ठाकुर कुनै वर्ग विशेष कुनै जाति विशेषको मान्छे होइन । उहाँले सबैलाई समावेश गर्नुभएको छ । यदि महन्थ ठाकुर असमावेशी हुन् भनेर कसैले सोच्दैछन् भने त्यो उहाँको दृष्टिदोष हो ।

पदाधिकारीको पुरै टिम बनेपछि हाम्रो साथमा यादव पनि हुनेछ, गुप्ता पनि रहनु हुनेछ, अन्य वर्ग पनि रहनु हुन्छ । पुरै टिम तयार भएपछि मात्र समावेशी चरित्रको देखिन्छ । कसको क्याडर सँख्या के हो, त्यो हेरेर पनि समावेश गर्नुपर्छ । मैले चुनौतिका साथ भन्छु कि जिल्ला स्तरमा अन्य पार्टीको डाटा लिएर तुलना गर्नुस् कुनै पार्टीभन्दा हाम्रो पार्टी कम समावेशी छैन । जुन किसिमले जिल्लाको नेतृत्व थियो, केन्द्रीय कार्य सम्पादन समिति त्यस्तै बनाउँछौ । 

कार्य सम्पादन समितिमा १७ सदस्यीय हुन्छ, त्यसमा सबै देखा पर्छ । थारु समुहबाट थारु, जनजाति समूहबाट जनजाति, दलित समूहबाट दलित, महिला समूहबाट महिला, मुस्लिमबाट मुस्लिम आउँछन्, यसले नै समावेशी देखिनेछ । समावेशीको अर्थ यो होइन कि म समावेशी भएपछि समावेशी, या हाम्रो जाति समावेशी भएपछि मात्र समावेशी हुन्छ । यदि यस्तो कसैले सोचेका छन् भने त्यो गलत हो । समावेशी भनेको क्षेत्रगत समावेशी, जातिगत समावेशी हुनुपर्छ । झापादेखि कञ्चनपुरसम्म सबै क्षेत्रको समावेशी हुनुपर्यो । क्षेत्रगत, जातिगतको आधारमा प्रतिनिधित्व हुनुको साथै क्षमताको आधारमा अर्थात थिंक ट्याकको पनि त्यहाँ प्रतिनिधित्व हुनुपर्छ । समावेशी भनेको वर्षातमा भिजेको चारपाई (खाट) जस्तै हो । समावेशी कठिन कुरा हो तर हामीले यथासम्भव सन्तुलित गर्छौ । साभार: रातोपाटी 




एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अप्रेसन डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

Loading...
«
Next
»
Previous