Select Menu
Select Menu



अप्रेशन : समाचार

अप्रेशन : अन्तराष्ट्रिय

अप्रेशन : खेलकुद

अप्रेशन : आर्थिक

अप्रेशन : पत्रपत्रिका

अप्रेशन : बिचार/अन्तरवार्ता

अप्रेशन : रोचक / बिचित्र

अप्रेशन : मिडिया

अप्रेशन : प्रबिधि

अप्रेशन : मनोरंजन बिविद

अप्रेशन :भिडियो ग्यालरी


News Operation 8:44:00 PM


नुवाकोट । १४ महिना अघिको विनासकारी भुकम्पको पीडामा रहेका घरविहीन भूकम्पपीडितलाई नुवाकोटमा नेपाली सेनाको सक्रियतामा तीन स्थानमा सामुदायिक भवनको निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिएको छ । 

भवन निर्माणको जिम्मा पाएको नेपाली सेनाका तीन सय जना जवान दैनिक रुपमा खटिएका थिए । नेपाली सेनाले निर्माण सुरु गरेको १५ दिनको अवधिमा वुधसिंह, थानसिंह र ओखरपौवा गाविसमा सामुदायिक भवनको निर्माण गरेर भूकम्पपीडित समुदायलाई हस्तान्तरण भएको सेनाको श्रीनाथ गणका गणपति प्रमुख सेनानी रोहित गुरुङले जानकारी दिए ।

उनका अनुसार वसुन्चेत गाविसमा तीन दिनभित्र सामुदायिक भवनको निर्माण सम्पन्न हुने क्रममा रहेका छन् । १४ महिना अगाडिको विनासकारी भूकम्पपीडितका लागि सामुहिक आवासको अवधारणा अनुसार नेपाली सेनाले निर्माण गरेर छोटो अवधिमै समुदायलाई उपलव्ध गएको हो ।

भूकम्पबाट विस्थापित भएका पीडितहरुलाई आवासको व्यवस्था गर्न नुवाकोट र रसुवा जिल्लामा नेपाली सेनाले सामूहिक आवासको निर्माण कार्यलाई तीव्ररुपमा अगाडि बढाएको हो । आगामी केही समयभित्रै विस्थापितलाई बसोवास व्यवस्थापन गर्न सेनाका जनशक्ति अहोरात्र सामूहिक भवन निर्माणमा खटिरहेका छन् । 
आवासको निर्माणको साथै महिला र पुरुषक लागि छुट्टाछुट्टै शौचालय, स्नानगृहसमेत निर्माण गरेका छन् । भूकम्पपीडितका लागि नेपाली सेनाले निर्माण गर्दै गरेको सामूहिक आवासबाट नुवाकोट र हिमाली जिल्ला रसुवा क्षेत्रमा बस्ने विस्थापित परिवारले सुरक्षित बसोवास गर्न पाउने आशा राख्दै खुसी व्यक्त गरेका छन् ।

यसबाट भूकम्पपीडित परिवार खुसी भएको जिल्ला दैवी प्रकोप उद्धार तथा विपद व्यवस्थापन समितिका अध्यक्ष तथा नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले वताए । नुवाकोटमा सेनाले सात, समुदायले एक र ठेक्कामार्फत निर्माण व्यवसायीले दुई स्थानमा सामुदायिक भवनको निर्माण कार्य भइरहेको छ । 

उपभोक्ता र निर्माण व्यवसायीले निर्माण गरेका सामुदायिक भवनको निर्माण कार्य समयमै सम्पन्न नहुने भएका छन् । वर्षात्मा भूकम्पपीडितहरुललाई बस्नका लागि धमाधम सामुदायिक भवनहरु निर्माण भइरहेको छ । 

नुवाकोटका विभिन्न स्थानमा वर्षात् अगावै चारवटा आधुनिक सामुदायिक भवन निर्माण गरी हस्तान्तरण गर्ने उद्धेश्यले नेपाली सेनाले आफैं खटिएर भवन निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेको हो । सेनाले वुधसिंह, थानसिह र ओखरपौवा गाविसमा २३-२३ लाख रुपैया लागतको सामुदायिक भवन निर्माण कार्य सम्पन्न गरेको छ । ती भवनहरु आठ घरपरिवारका लागि निर्माण गरिएका हुन् ।

बुधसिंहमा आठ परिवारका लागि निर्माण गरिएको सामुहिक आवास भवन सेनाको नं. ६ बाहिनी बैरेनीका बाहिनीपति सहायक रथी ज्योतिन्द्रबहादुर खत्रीले स्थानीय समुदायलाई हस्तान्तरण गरे । उनले नेपाली जनताको पीरमर्का र दुःखमा सदैब नेपाली सेनाले साथ दिने बताए । 

यसका साथै थानसिह गाविसको मकैचौरमा निर्माण गरिएको सामुदायिक आवास भवन सैन्य तालिम केन्द्र मैथलीका केन्द्रपति महासेनानी रामकृष्ण थापाले हस्तान्तरण गरे । ओखरपौवा गाविसको कागतीगाउंमा निर्मित समुदायिक आवास भवनको सेनाको श्रीनाथ गणका गणपति प्रमुख सेनानी रोहित गुरुङले हस्तान्तरण गरे ।




एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अप्रेसन डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

Loading...
«
Next
»
Previous