Select Menu
Select Menu



अप्रेशन : समाचार

अप्रेशन : अन्तराष्ट्रिय

अप्रेशन : खेलकुद

अप्रेशन : आर्थिक

अप्रेशन : पत्रपत्रिका

अप्रेशन : बिचार/अन्तरवार्ता

अप्रेशन : रोचक / बिचित्र

अप्रेशन : मिडिया

अप्रेशन : प्रबिधि

अप्रेशन : मनोरंजन बिविद

अप्रेशन :भिडियो ग्यालरी


News Operation 9:01:00 PM


एजेन्सी, लण्डन । बेलायतमा युरोपियन युनियनको सदस्य कायमै रहने विषयमा पुनः जनमतसंग्रहको माग गर्दै तयार पारिएको निवेदनमा तत्काल दस लाख हस्ताक्षर समर्थन जुटेको छ । 

यसै विषयलाई लिएर बिहीबार भएको जनमतसंग्रहमा बेलायतले ४८ प्रतिशतका बदलामा ५२ प्रतिशत मतदान गरेर युरोपियन युनियनसँग अलग हुने जनादेश दिएको थियो। जबकि, त्यो जनमतसंग्रहमा बेलायत अन्तर्गतकै लण्डन, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डले भने युरोपियन युनियनभित्रै रहने पक्षमा बहुमत दिएको थियो।

परिणामलगत्तै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आगामी अक्टोबर भन्दाअगावै प्रधानमन्त्री छाड्ने घोषणा गरिसकेका छन् । निवेदन तयार पारेका विलियम ओलिभर हिलीले उल्लेख गरेका छन्, ‘कुल मतदाता संख्याको ७५ प्रतिशतभन्दा कमले मतदान गरेको अवस्थामा ६० प्रतिशतभन्दा कमले बहुमत पाएको स्थिती रहेकाले यस सम्वन्धि प्रावधानलाई विचार गर्दै तपसीलका हस्ताक्षरकर्ताहरू पुनः जनमतसंग्रह गराइयोस् भनेर माग गर्दछौं।’

बिहीबारको चुनावमा केवल ७२.२ प्रतिशतले मतदान गरेका थिए र त्यसमा केवल ५२ प्रतिशतका आधारमा बहुमत कायम हुनपुगेको छ। गत वर्ष भएको संसदीय चुनावमा त्यहा ६६.१ प्रतिशतले मतदान गरेको भन्दा चाहिँ यसपटकको जनमतसंग्रहमा उत्साहजनक उपस्थिति देखिएको हो। यस्तो अवस्थामा हिलीले ७५ प्रतिशत जनमत आउनै पर्ने थ्रेसहोल्डको माँग हिली स्वयंले गरेका हुन्।

सन् २०१४ मा भएको स्कटिस स्वतन्त्रतासम्बन्धि जनमतसंग्रहमा ८४.६ प्रतिशत मत खसेको थियो। १९९२ पछिको आजसम्म कुनै पनि आमचुनावमा भने ७५ प्रतिशतभन्दा बढी भोट खसेकै छैन । निवेदन राखिएको साइटमा आजसम्मकै सर्वाधिक भिजिटर संख्या भएको कारणले त्यो साइट नै डाउन भएको बेलायतको तल्लो सदनकी प्रवक्ताले जनाएकी छिन् ।

सदनमा आउने निवेदनलाई हेर्ने बेग्लै कमिटी रहेको छ जसले एक लाखभन्दा बढी हस्ताक्षर जुटाउनेबित्तिकै यस सम्बन्धमा संसदमा कुरा उठाउने वा नउठाउने भन्ने विषयमा निर्धारण गर्छ। कमिटीको बैठक मंगलबार फेरि बस्ने भएको छ ।

यसै परिणामको प्रतिक्रियामा लण्डनका मेयर सदिक खानलाई पठाइएको एउटा अर्को निवेदनमा पनि एक लाखभन्दा बढी हस्ताक्षर जुटिसकेको छ, जसमा राजधानी लण्डनलाई बेलायतभन्दा अलग पारेर युरोपियन युनियनमा गाभ्नुपर्ने राय त्यहाँका नागरिकहरूद्वारा दिइएको छ। उक्त निवेदन दर्ता गर्ने जेम्स ओमालीले लण्डन एक अन्तर्राष्ट्रिय सहर रहेको र आफूहरू युरोपको मुटुकै रुपमा कायम रहन चाहेको उल्लेख गरेका छन् । 




एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अप्रेसन डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

Loading...
«
Next
»
Previous